
काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बीच भेटवार्ता हुने भएको छ । नेता ओली र भण्डारीबीच आज दिउँसो ३ बजे एमाले पार्टी कार्यालय च्यासलमा भेट्ने कार्यक्रम तय भएको हो।
भण्डारीका स्वकीय सचिव राजकुमार राईका अनुसार भण्डारीको एमाले पार्टी सदस्यता सम्बन्धी विवादका विषयमा छलफल गर्न ओलीले भण्डारीलाई भेट्न बोलाएका हुन् ।
एमालेको पोलिटब्युरो बैठकमा हिजो भण्डारीको एमालेको सदस्यता सम्बन्धी विवाद चर्को रूपमा उठेको छ ।