
काठमाडौँ । कैलालीको धनगढीमा आगलागी हुँदा आठ सटर जलेका छन् । धनगढी उपमहानगरपालिका–४ को नास्ट कलेज नजिकै विश्वप्रकाश कँडेलले सञ्चालन गर्दै आएको हेलेन ट्रेडर्सबाट आइतबार राति आगलागी भएको हो ।
आगोले भीषण रूप लिएपछि आठ सटर जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए । हेलेन ट्रेडर्सका चार वटा सटर, कपडाको होलसेल पसल रहेको परिवर्तन इन्पेक्सका तीन सटर र रेस्टुरेन्टको एउटा सटर गरी आठ वटा सटरमा आगलागीबाट क्षति भएको उनले बताए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तथा धनगढी र गोदावरीको दमकलको सहयोगमा एक घण्टापछि आगो नियन्त्रणमा लिइएको र क्षतिको विवरण संकलन भइरहेको डीएसपी सिंहले बताए ।
राति १० बजेर ५० मिनेटमा बिजुलीको तार सर्ट भएर लागेको आगो लागेको बताइएको छ ।