करिब ३ सय ८८ किलो गाँजा सहित एक जना पक्राउ

दियोपोस्ट संवाददाता

सप्तरी । सप्तीस्थित राजगढ गाउँपालिका-३ नर्घो बस्ने ४१ वर्षीया रेखा कुमारी मण्डल अवैध गाँजासहित पक्राउ परेकी छन् । करिब ३ सय ८८ किलो ७ सय ३० ग्राम लागूऔषध गाँजासहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कल्याणपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा निर्माणाधीन शौचालय, गोठ र घर नजिकैको बाँसको झ्याङबाट समेत १२ वटा बोरामा गाँजा बरामद गरिएको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।