दुई केजी सुनसहित ठमेलबाट चिनियाँ नागरिक पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । दुई केजी सुन र २४ लाख नगद सहित ठमेलबाट दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ज्याठास्थित चिनियाँ होटलबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन् ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।