
काठमाडौं । भक्तपुरको बोडेमा बस्दै आएका दुई दिदीबहिनीले झुण्डिएर आत्महत्या गरेका छन् । सुर्खेत घर भएका उनीहरु एउटै डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको हुन् ।
मध्यपुर थिमि नगरपालिका-८ बोडे सिन्टिटारस्थित चक्रधर प्रजापतिको दुई तले घरको भुईं तलामा डेरामा बस्दै आएका १७ वर्षीया मेनुका र उनकी बहिनी १५ वर्षीया श्रृजना कँडेल मृत फेला जिल्ला प्रहरीका कार्यालय भक्तपुरले जनाएको छ ।
प्रहरी वृत्त, थिमीका डीएसपी नवराज ढुंगानाका अनुसार अहिले उनीहरूका आफन्त बोलाएर थप बुझ्ने काम भइरहेको छ ।
उनीहरूका बुवाआमा भारतमा बस्ने गरेको र कलंकीमा आन्टीहरु बस्ने गरेको उनले बताए । उनीहरू केही दिन अगाडि मात्रै भारतबाट भागेर आएको पाइएको छ ।