विद्या भण्डारीको पत्रकार सम्मेलन- ‘म नेकपा एमालेको पार्टी जीवनमा पुनः आएँ’

दियोपोस्ट संवाददाता  

काठमाडौं । पूर्व राष्ट्रपति बिद्यादेबी भण्डारीले आफु एमालेबो पार्टी जीवनमा पस्न आएको बताएकी छिन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारीले एमालेको पार्टी राजनीतिमा आउन आफूलाई कसैले रोक्न नसक्ने बताइन् ।

भण्डारीले आफ्नो पार्टी सदस्यता विवादमा पार्नुपर्ने विषय नै नभएको भन्दै आफू पार्टी सदस्य भएको ४५ वर्ष भएको जानकारी दिइन् ।

यही साउन ५ र ६ गते बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारी राजनीतिमा सक्रिय हुन नसक्ने निष्कर्षसहित सदस्यता नवीकरण नहुने निर्णय गरेको थियो ।

नेकपा एमालेले गरेको निर्णयप्रति पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले असन्तुष्टि जनाएकी छिन् । एमालेले भण्डारीलाई पूर्व राष्ट्रपतिकै हैसियतमा रहन आग्रह गरेको थियो । तर, उनले यसलाई अस्वीकार गर्दै रानजीतिमा अएरै छाड्ने बताइन् । यसैबीच उनले आफूलाई पूर्वउपाध्यक्षको हैसियतमा राखेकी छिन् ।

पत्रकार सम्मेलनमा वाचन गरेर सुनाएको वक्तव्यको अन्तिममा भण्डारीले आफ्नो परिचय ‘पूर्वउपाध्यक्ष’ भनेर राखेकी छिन् ।