
काठमाडौं । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका-६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६जना सदस्य रहस्यमय रूपमा बेपत्ता भएका छन् । सीमान्तकृत समुदायको सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका परिवार आइतबार रातीदेखि सम्पर्कविहीन भएका हुन् ।
वडाध्यक्ष रविन श्रेष्ठका अनुसार प्रहरीले उनीहरुको खोजतलास सुरु गरेको छ । हायु परिवारले पालेको कुखुरा, बाख्रा, भैंसी अलपत्र अवस्थामा रहेको बताइएको छ ।
स्थानीय जनप्रतिनिधि लगायत गाउँलेसँग उनीहरूको बारेमा बुझ्ने काम भइरहेको वडाध्यक्ष श्रेष्ठले बताए ।