अमेरिकाको न्यूयोर्कमा गोली चल्यो, चार जनाको मृत्यु

दियोपोस्ट संवाददाता

न्युयोर्क । अमेरिकाको न्यूयोर्कस्थित म्यानह्याटनको मिडटाउनमा भएको गोलीकाण्डमा ४ जनाको मृत्यु भएको छ । सोमबार २७ वर्षीय युवकले अन्धाधुन्द गोली वर्साउँदा प्रहरी अधिकृतसहित चार जनाको मृत्यु भएको हो ।

समाचार एजेन्सी एपीका अनुसार म्यानहट्टनको कार्यालय भवनमा गोलाबारी गर्ने बन्धुकधारी पनि मारिएका छन् । उक्त क्षेत्रमा रहेका मानिसहरुलाई घरभित्रै बसेर सुरक्षा सावधानी अपनाउन अनुरोध गरिएको छ ।