‘फोहोर-मैलाको कर्मचारी हुँ’ भन्दै १३ लाख भन्दा बढी ठगी गर्ने व्यक्ति पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौं । फोहोर मैलाको कर्मचारी हुँ भन्दै ठगी गरेको अभियोगमा काठमाडौँमा पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-६ बस्ने दोलखा शैलुङ गाउँपालिका-२ घर भएका २८ वर्षीय राजु लामालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

राजुले काठमाडौं महनागरपलिका-३१ स्थित वडा एरियामा आफू काठमाडौं महानगरपालिकाको फोहोर मैलाको कर्मचारी हुँ भनि रकम उठाउने गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

उनले हाल सम्म १३ लाख २५ हजार रूपैयाँ असुली गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको बतायएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिफारिस