
काठमाडौं । केन्द्रिय अनुसन्धान ब्युरो सिआइबीले महाराजगञ्जस्थित अबरोड टुर्स एन्ड ट्राभल्समा छापा मारेको छ । भिजिट भिसामा स्पेन पठाएर मानव तस्करी गरेको आरोपमा सिआइबीले छापा मारेको हो ।
सिआइबीले उक्त ट्राभल्समा छापा मारेर केही कागजातहरू जफत गरेको छ । सीआईबीका एसएसपी होविन्द्र बोगटीका अनुसार केही कागजात र डिजिटल डिभाइसहरू नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई लक्षित गरेर यूएनको कार्यक्रममा भन्दै ट्राभल्स र एनजीओहरूले स्पेनमा मान्छे पठाएर मानव तस्करी भएको आरोप छ ।
संसद्मा समेत यो विषयले प्रवेश पाएपछि एसएसपी बोगटीको नेतृत्वमा छानबिन समिति बनेको थियो ।