
काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका मधेश प्रदेशका पूर्वप्रमुख राजेश झाविरुद्ध मुद्धा दायर भएको छ । ९ दिन अघि बलात्कारको आरोपमा पक्राउ परेका झा विरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।
साउन ४ मा पक्राउ परेका पूर्वप्रदेश प्रमुखसँग अनुसन्धान पूरा भए लगतै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मङ्गलबार मुद्दा दर्ता गरेको जनाएको छ ।
राजेश अहिराजका नामले चिनिने झा एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए । पीडित युवतीले आफूलाई ४ जेठ २०८१ मा काठमाडौँको नयाँ बानेश्वरस्थित कोठामा अहिराजले बलात्कार गरेको आरोप लगाएकी थिइन् ।