रञ्जिता श्रेष्ठलाई पदबाट हटाएको भन्दै नाउपाद्वारा निर्वाचन आयोगलाई पत्र

दियोपोस्ट संवाददाता  

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष पदबाट हटाएको भन्दै निर्वाचन आयोगलाई जानकारी गराएको छ । विधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको कारण देखाइ उनलाई अध्यक्ष पदबाट हटाइएको पत्रमा उल्लेख छ ।

रञ्जितालाई पार्टी अध्यक्षबाट हटाएको पत्र मंगलबार आयोगमा दर्ता भएको छ । रामलाल डगौराको संयोजकत्वमा बनेको अनुशासन समितिले चौधरीलाई २४ घण्टा भित्र स्पष्टीकरण सोधेको थियो ।

रञ्जिताले तोकिएको समय भित्र स्पष्टीकरण नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको जानकारी नाउपाले आयोगलाई दिएको हो ।

पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि उनले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मा दिएकी थिइन् । सको पार्टीभित्रैबाट विरोध भएको थियो ।

अनुशासन समितिले गरेको कारबाहीलाई मध्यबानेश्वरमा जारी राष्ट्रिय भेलाले अनुमोदन गर्ने छ । अनुशासन समितिमा सुनिता चौधरी र पुण्य बुढा सदस्य छन् ।

सिफारिस