काठमाडौँ । मधेश प्रदेशका पूर्व प्रमुख राजेश झाले आफ्नी छोरीमाथि ‘जर्वजस्ती’ करणी गरेको भन्दै पीडिततकी आमाले काठमाडौँ जिल्ला अदालतमा बयान दिएकी छिन् । छोरीमाथि जर्वजस्ती करणी गर्ने प्रतिवादी राजेश झालाई कानुन बमोजिम कारवाही हुनु पर्ने उनको माग छ ।
आफु काम बिशेषले गाउँ गएका बेला काठमाडौँमा एक्लै भएकी छोरीमाथि झाले जर्वजस्ती करणी गरेको पीडितकी आमाले बयान दिएकी छिन् ।
बयानमा भनिएको छ, ‘राजेश झा सामान्य चिनजानको ब्यक्ति भएकाले मेरो डेराकोठामा मलाई भेट्न आएको थियो । नीज प्रतिवादीलाई जाहेरवाला छोरीले नि चिन्थिन् । निजलाई मेरो छोरीले अंकल भन्ने गर्थिन् । त्यसपछि निज प्रतिवादी राजेश झा मेरो छोरा–छोरी भएको समयमा पनि मेरो डेरा कोठामा आउने, मेरो घर परिवारको बारेमा सोधपुछ तथा कुरा कानी गर्ने गर्दथ्यो ।’
‘छोरीलाई काठमाडौँमा छोडेर २०८१ सालको बैसाख महिनाको अन्तिम सातातिर आफ्नो गाउँ सप्तरी गएको थिएँ । छोरीले बिभिन्न आयोगको लागि परीक्षा दिने तयारी गर्दै आएकी थिइन् । म काठमाडौँ आउँदा उसकोे ब्यवहारमा परिवर्तन आएको थियो । छोरी टोलाएर बस्ने, मसंग त्यति खुलेर नबोल्ने गर्न थालिन् । छोरीलाई आफ्नै पढाईको तनावले होला भन्ने लाग्यो र खासै वास्ता गरिन,’ पीडितकी आमाले झाका बिरुद्धमा दिएको बयानमा उल्लेख छ ।
आफु काठमाडौँ आउना साथ केही ब्यक्तिहरु राजेशको नाम लिँदै कोठामा आउने गरेको पीडतकी आमाले दिएको बयानमा बताएकी छिन्, ‘तपाईहरु किन, के कामले मेरो डेराकोठामा आउनु भएको भनि सोधपुछ गर्दा तिम्रो छोरीले राजेश झाको बिरुद्धमा प्रहरीमा मुद्धा हालेको रहिछ । त्यो मुद्धा फिर्ता लिन लगाउनु । हामीले के गर्नु पर्छ गर्छौँ । नत्र राजेश झाले उल्टो तपाईको छोरीलाई बिभिन्न मुद्धा हाल्नेछ । तपाइकी छारीको समाजमा बिवाह हुन गाह्रो हुन्छ । बिवाह भएपनि घरबार बिग्रिन्छ भनि धाक धम्की दिए ।’
त्यसपछि मात्रै घटनाका बारेमा आफुलाई जानकारी भएको र छोरीलाई घटनाका बारेमा सोधपुछ गरेको पीडितकी आमाले बताएकी छिन् ।
‘राजेश झा अंकल म एक्लै बसिरहेको अवस्थामा मसंग एउटा जरुरी कुरा गर्नुछ । तिम्रो परिवारबाट ‘संदेश’ ल्याएको छु भनि आउनु भयो । म एक्लै भएको बेला किन आउनु भएको भन्दा नीजले तिमी किन डराएकोरु तिम्रो घर परिवारसंग मेरो चिनजान भएकाले तिमी नडराउ भनेर मसंग पानी मागेर खानु भयो । नीज उठेर ढोकाको चुकुल लगाउनु भयो । मैले किन चुकुल लगाउनु भएको भन्दा नीजले मेरो मुख थुनी मलाई बिस्तारामा पछारी हल्ला नगर, हल्ला गरेमा तिम्रो आफ्नै बेइज्जत हुन्छ,’ घटनाका बिषयमा छोरीले आफुसंग बताएको बिषय पीडितकी आमाले बयानमा उल्लेख गरेकी छिन् ।
‘म त छोरा मान्छे, मलाई केही हुँदैन भनि धम्की दिई मेरो घाँटी, मुख थिँचेर अब चिच्याईस भने मारिदिन्छु । तिम्रो ममी भाई यहाँ छैनन् । कसले मार्यो, कसैलाई पनि थाहा हुँदैन भनि धाकधम्की देखाई मलाई जर्वजस्ती करणी गर्यो,’ पीडितकी आमाले आफ्नी छोरी झाबाट जर्वजस्ती करणी भएको भन्दै बयान दिएकी छिन् । ।
सो कुरा थाहा पाए पश्चात छोरीलाई यस्तो कुरा सहेर बस्नु हुँदैन, नीजको बिरुद्ध जाहेरी दिनु पर्छ भनि सम्झाईबुझाई गरेको भन्दै अदालतमा बयान दिएकी छिन् । नीज प्रतिवादी राजेश झालाई कानुन बमोजिम कारवाही हुनु पर्ने उनको माग छ ।