मधेश प्रदेशका पूर्वप्रमुख झाले आफैबाट पीडित युवती विरुद्ध उल्टै हाले मुद्दा

दियोपोस्ट संवाददाता

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झाले बलात्कार आरोपमा आफु बिरुद्ध जाहेरी दिने युवतीविरुद्ध उल्टै मुद्दा दर्ता गरेका छन् । बलात्कार मुद्धामा पक्राउ परेका झाले आफैबाट पीडित युवतीलाई बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।

पीडित युवतीले आफुलाई धम्क्याउँदै २० लाख मागेको र नदिएपछि सामाजिक रुपमा बदनाम गर्नेदेखि आत्महत्या गर्नेसम्म धम्की दिँदै रकम लिएको झाले दाबी गरेका छन् ।

पीडित युवतीले सुरुमा २० लाख माग गरेकोमा आफूले नगदै तीन लाख रुपैयाँ दिएको उनले बताएका छन् । बलात्कार पीडित युवतीले जाहेरी दिएपछि अहिराजले पनि ती युवतीविरुद्ध आपराधिक लाभको जाहेरी दिएका हुन् ।