
काठमाडौँ । मधेसका प्रदेशका पूर्व प्रमुख राजेश झालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार झालाई आजै डिल्लीबजार कारागारमा पठाइएको छ। मंगलबार सरकारी वकिलको कार्यालय काठमाडौंले अहिराजविरूद्ध बलात्कारको कसुरमा मुद्दा दायर गरेको थियो।
काठमाडौंको बानेश्वरमा रहेको एक होस्टलमा बस्दै आएकी युवतीलाई बलात्कार गरेको आरोपमा उनी साउन ४ गते काठमाडौंबाट पक्राउ परेका थिए । गत माघ ३ गते उनीविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो। जाहेरी दर्ता गरे पनि प्रहरीले झाविरूद्ध अदालतबाट पक्राउ पुर्जी लिएको थिएन।
प्रहरीले चैत २५ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो। अदालतबाट पक्राउ पुर्जी जारी भएको थाहा भएपछि झा फरार भएका थिए। पक्राउ परेलगत्तै झाले आफैबछ पीडित भएकी युवतीविरूद्ध जाहेरी दिएका थिए। आपराधिक लाभ लिन नहुने कसुरमा अहिराजले जाहेरी दिएका थिए। ती युवतीविरूद्ध पनि बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।