बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथग्रहण स्थगित, यस्तो छ कारण

दियोपोस्ट संवाददाता

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुको बिहिबार हुने भनिएको शपथग्रहण कार्यक्रम स्थगित भएको छ । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको स्वास्थ्यमा अचानक समस्या देखिएकोले उपचारको लागि काठमाडौँ जानुपरेकाले शपथ ग्रहण कार्यक्रम रोकिएको हो ।

बागमती प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले विज्ञप्ति जारी गरेर आज दिउँसो १ बजेका लागि तभएको भएको मन्त्रीहरुको शपथ ग्रहण समारोह अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिएका छन् ।

मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए ।

नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन कार्यक्रमका कारण नवनियुक्त मन्त्रीहरुको शपथग्रहण बुधबार नगरी विहीबार गर्ने तय भएको थियो ।

सम्बन्धित खबर