करिब ६ करोड रकम हिनामिना गरेको आरोपमा ‘मार्गदर्शन’ सहकारीका अध्यक्ष पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । भैरहवास्थित मार्गदर्शन सहकारी संस्थाका अध्यक्ष अशोक पक्राउ परेका छन् । सहकारीका शेयर सदस्य र बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १६५ रकम हिनामिना गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

बचतकर्ताको रकम हिनामिना गरी वैशाख २० गतेदेखि फरार उनी दोलखा निवासी हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी गणेश सापकोटाका अनुसार केसीलाई प्रहरी वृत्त ठिमी भक्तपुरको सहकार्यमा भक्तपुरको मध्य ठिमी नगरपालिका वडा नं. ३ बाट पक्राउ गरेर रुपन्देही ल्याएको छ ।

सिफारिस