नाउपामा ‘परिवारवाद’ हावी, श्रीमतीलाई हटाएर रेशमले बनाए आफ्नै बुबालाई पार्टी अध्यक्ष !

दियोपोस्ट संवाददाता

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संयोजक रेशम चौधरीले आफ्नै बुवालाई पार्टी अध्यक्ष बनाएका छन् । पार्टी भित्र आन्तरिक बिवाद चुलिएपछि पार्टीको अध्यक्ष पदमा रहँदै आएकी श्रीमती रञ्जिता श्रेष्ठलाई हटाएर बुबा लालवीर चौधरीलाई अध्यक्ष बनाएका हुन् ।

लगातार आठ दिनदेखिको छलफलपछि लालवीरलाई बिहिबार पार्टी अध्यक्ष चयन गरिएको बताइएको छ । अध्यक्षको जिम्मेवारी सम्हालेसँगै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै लालवीर चौधरीले नागरिक उन्मुक्ति पार्टीको आन्तरिक समस्या समाधान गर्न विधि र पद्धति अनुरूप आफूले काम गर्ने बताए ।

पार्टी अध्यक्ष पद सम्हालेसंगै लालवीरले रञ्जिता श्रेष्ठलाई नेतृत्वबाट हटाइएको नभई केवल पार्टीलाई निकास दिने उद्देश्यले यो कदम चालिएको प्रतिकृया दिए ।

लालवीरलाई अध्यक्ष बनाएलगत्तै नाउपा परिवारबादबाट माथि उठ्न नसकेको आरोप लाग्न थालेको छ । लालवीर २०७९ को आम निर्वाचनमा बर्दिया क्षेत्र नम्बर २ बाट  प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका थिए ।

 

सम्बन्धित खबर