माओवादी नेतृ भुसाललाई मातृ शोक

दियो पोस्ट  

काठमाडौं, २१ असार । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य पम्फा भुसाललाई मातृशोक परेको छ ।

उनकी आमा इन्द्रकलाको आज बिहान ९३ वर्षका उमेरमा आफ्नै निवास ललितपुरमा निधन भएको हो ।

उनको निधनप्रति अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन् । अध्यक्ष दाहालले आज सन्देश दिँदै दिवङ्गत आमाप्रति श्रद्धाञ्जलि अर्पणका साथ नेत्री भुसाललगायत शोक सन्तप्त सम्पूर्ण परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले पनि स्व.भुसालप्रति पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जलि अर्पण गर्नुभएको उनको सचिवालयले जनाएको छ । रासस