काठमाडौं । काठमाडौंका सडकहरुमा मकै बेच्दै आएका चेतेन्द्र आर्चाय र सीता आचार्यको दम्पतीलाई थप कारबाही हुने भएको छ । नगरप्रहरीको कारबाही गर्दा प्रतिवाद गरेका दम्पतीमाथि थप कारबाही गर्न लागिएको महानगरपालिकाले जनाएको छ ।
दम्पतीलाई शुक्रबार काठमाडौं महानगरपालिकाको नगर प्रहरीले लछारपछार गरेको थियो । उनीहरुले नगर प्रहरीले घुस मागेको आरोप लगाएपछि महानगरपालिकाले यसअघि सीता आचार्यले नगर प्रहरीमाथि गरेको व्यवहारलाई कारण देखाएर थप कारबाही गर्न लागेको हो ।
घुस माग्न गएका नगर प्रहरीलाई बुधबार अगुल्टोले हानेको आचार्य दम्पत्तीले पनि स्वीकारेका छन् ।