मानव–वन्यजन्तु द्वन्द्वबाट झापामा १५ वर्षमा ५२ जनाले गुमाए ज्यान

दियो पोस्ट  

झापा । मृत्यु हुनेमा ४७ नेपाली र पाँच भारतीय नागरिक छन्। वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि झापाली नागरिकले विगतदेखि आवाज उठाइरहेको भए पनि यसको ठोस योजना बन्न नसकेको प्रदेश १ का प्रदेशसभा सदस्य एकराज कार्कीले बताए।

भारतबाट हुलका हुल आउने जंगली हात्ती झापाको बाहुनडाँगी क्षेत्रमा प्रवेश गरी मानवबस्ती, किसानको बालीनाली सखाप पार्नुका साथै मानवजीवन नै खतरामा पर्ने गरेको उनले जानकारी दिए।

झापामा केही वर्ष पहिले बाहुनडाँगीमा मेची नदीको पश्चिमतर्फ फ्रेन्सी तार लगाइयो, यसले गर्दा केही वर्षसम्म हात्ती प्रवेशमा नियन्त्रण भए पनि चोरी, तस्करीका कारण फेन्सी तार छैन र अहिले निर्वाधरुपमा हात्ती प्रवेश गरेर सर्वसाधारण जनतालाई दुःख दिइरहेको अवस्था छ।

सम्बन्धित खबर