दिनदिनै बढ्दै कोरोना संक्रमितको संख्या, थप ८९५ जनामा संक्रमण पुष्टि

diyopost.com
दियो पोस्ट  सोमबार, साउन १६, २०७९ | १६:१२:०४

काठमाडौं । पछिल्लो २४ घण्टामा ८९५ जना कोरोना संक्रमित थपिएका छन् । ५९०९ जनामा गरिएको नमुना परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १ जना संक्रमितको मृत्यु भएको छ भने २६४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर ४९३४ जना सक्रिय संक्रमित रहेका छन् । छन् ।

सम्बन्धित खबर