काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कर्णाली प्रदेश अधिवेशन विवाद उत्पन्न भएको छ । प्रतिनिधि छनोट प्रक्रियामाथि प्रश्न उठेपछि अधिवेशनमा तनावको अवस्था सिर्जना भएको हो।
अधिवेशनका लागि ५३० जना प्रतिनिधि रहेको दाबी गरिए पनि करिब ३०० जना नक्कली प्रतिनिधि समावेश गरिएको आरोप लगाउँदै केही पक्षले विरोध जनाएका छन्। सभापति पदका आकांक्षी एनके बस्नेत र स्नेहा उपाध्यायले प्रतिनिधि छनोट प्रक्रियामा गम्भीर अनियमितता भएको भन्दै आपत्ति जनाए ।
उठेका आरोपबारे निर्वाचन समितिले छानबिन सुरु गरेको जनाएको छ। विवादको निष्पक्ष छानबिन नभएसम्म निर्वाचन प्रक्रिया अगाडि बढ्न नदिने अडान नेता तथा कार्यकर्ताहरूले लिएका छन्।
स्रोतका अनुसार वर्तमान सभापति मदन खड्का, कोषाध्यक्ष स्नेहा उपाध्याय, प्रेमबहादुर बोहोरा र नन्दकिशोर (एनके) बस्नेत सभापति पदका प्रमुख दाबेदार हुन्।
रास्वपाका महामन्त्री भूपदेव शाहले आइतबार अधिवेशनको उद्घाटन गरेका थिए।