ऋण दिलाइदिने नाममा घुस लिएको आरोपमा साक्षीविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्दा दायर

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नवलपरासीको त्रिवेणी गाउँपालिका-७ का ईश्वरीप्रसाद गौतमविरुद्ध ५० लाख रुपैयाँ बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरिएको छ। आयोगका अनुसार उक्त प्रकरणमा चन्द्रबहादुर अधिकारीलाई ऋण उपलब्ध गराइदिने भन्दै ५० लाख रुपैयाँ घुस माग्ने तथा लिने कार्यमा गौतमको संलग्नता देखिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार गौतमले विशेष अदालत, काठमाडौंमा २०८३ वैशाख २३ गते दिएको बकपत्र आयोगसमक्ष अनुसन्धानका क्रममा दिएको बयान तथा आरोपसम्बन्धी मागदाबीसँग बाझिएको पुष्टि भएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुर गरेको आरोपमा ५० लाख रुपैयाँ बिगो कायम गरी सोही बराबर जरिवाना मागदाबीसहित मङ्गलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

सिफारिस