अखिल क्रान्तिकारी रोल्पाको पाचौं पूर्ण बैठक सम्पन्न, शैक्षिक मद्दा र संगठन निर्माणमा केन्द्रित

दियो पोस्ट  

रोल्पा । अखिल क्रान्तिकारी रोल्पाको पाचौं पूर्ण बैठक लिबाङमा सम्पन्न भएको छ । अखिल क्रान्तिकारी रोल्पाका अध्यक्ष अशोक वली परिवर्तनको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकले एसईईका विद्यार्थीबाट क्यारेकटर सर्टिफिकेट बापत चर्को शुल्क उठाउदै आएकोले यसको सक्रिय रूपमा निगरानी गरि सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराउने लगायतका ६ ओटा निर्णय गरेको छ ।

 बैठकमा (माओवादी केन्द्र)का केन्द्रिय बैकल्पिक सदस्य ,रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र घर्ती धुर्व,अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष प्रबिना अधिकारीको विशिष्टआतिथ्यता रहेको थियोे ।

अतिथिहरुमा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य ,जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख कर्मलाल परियार ,प्रदेश कमिटी सदस्य मानसिङ बिश्वकर्मा ,अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश मुख्य सचीव राजेन्द्र बिष्ट ,माओवादी केन्द्र माडी गा.सचिव वीर बहादुर घर्ती हावा, केन्द्रिय सदस्य बिन्दु खड्का ,प्रदेश सचिव सुदर्शन पुन ,फ्याकसन इन्चार्ज आलोक पुन मगर अखिल नेपाल खेलकुद महासघ केन्द्रिय सदस्य हिमाल डाँगी, जिल्ला खेलकुद बिकास समिति अध्यक्ष मोलङ घर्ती ,प्रदेश कमिटी सदस्य धिरज घर्ती ,जिल्ला पदाधिकारी ,जिल्ला सदस्य ,पालिका प्रमुखहरु विभिन्न शैक्षिक सस्थाबाट क्रान्तिकारी विद्यार्थीहरुको उपस्थिति रहेको थियोे ।

यस्ता छन् निर्णयहरु

  • एसईईका विद्यार्थीबाट क्यारेकटर सर्टिफिकेट बापत चर्को शुल्क उठाउदै आएकोले यसको सक्रिय रूपमा निगरानी गरि समबधित निकायको तत्काल ध्यानाकर्षण गराउने ,
  •  मिति २०७९ भाद्र पहिलो हप्ता भित्र १० वटै पालिकाको बैठक सम्पन्न गर्न पालिका कमिटीलाई निर्देशन दिने र सहजीकरण गर्ने,
  • रोल्पा जिल्लामा विद्यार्थीसँग अखिल क्रान्तिकारी अभियान भाद्र मसान्तसम्म सम्पन्न गर्ने,
  •  रोल्पाको शिक्षा क्षेत्रका जल्दाबल्दा समस्याको न्यूनीकरण गराउन अखिल क्रान्तिकारीलाई शसक्त रूपमा अगाडि बढाउने ,
  •  रोल्पा जिल्लाबाट उपाध्यक्ष शनिदेवल बुढा , सहिद परिवार बाट उमेश पुन मगरलाइ प्रदेश कमिटी सदस्यको लागि सिफारिस गर्ने,
  • संगठनमा निष्कृय सदस्यहरुलाइ बिधिगत ढङ्गले स–सम्मान बिदाई गरि पार्टीका अन्य मोर्चामा जोड्ने निर्णय सर्वसम्मतले पारित गरेको छ ।