मन्त्री शशी श्रेष्ठ र इजरायली राजदुत हनान गोडरबीच शिष्टाचार भेट

दियो पोस्ट  

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठ र इजरायली राजदुत हनान गोडरबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

मन्त्रालयमा भएको भेटघाटमा दुई देशबीचको सम्वन्ध र एक आपसमा भइरहेको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको छ ।

भेटमा मन्त्री श्रेष्ठले नेपाल र इजरायल बीच कुटनीतिक सम्बन्ध विस्तार भएको छ दशक भन्दा लामो समयमा पारस्परिक सहयोग, सद्भावना, समझदारी र मैत्रीपूर्ण सम्बन्ध प्रगाढ भएको र द्विपक्षीय सम्बन्ध विकासका विभिन्न विधासँगै सहयोगका क्षेत्रमा विस्तार भएको बताउनु बताइन् ।

इजरायली राजदुत हनान गोडरले नेपालको भुमि व्यवस्थापन र कृषि विकासमा प्रविधिको भुमिका महत्वपूण हुने भन्दै नेपाल प्राकृतिक र कृषिमा धेरै संभावना भएको देश भएकाले इजरायलले गरेको प्रविधिको प्रयोग नेपालका लागि पनि उपयोगी हुने बताए ।