भिरमा अड्किएका युवकको सशस्त्र प्रहरीद्वार सकुशल उद्धार

दियो पोस्ट  

सिन्धुपाल्चोक । जिल्लाको मेलम्ची नगरपालिका– ११ सिमखेतस्थित भिरमा अड्किएका एक जनाको सशस्त्र प्रहरीले आज सकुशल उद्धार गरेको छ । सोही जिल्लाको हेलम्बु गाँउपालिका–१ तिम्बु बस्ने ३५ बर्षिय छिरिङ्ग शेर्पा गोरेटो बाटो हिड्ने क्रममा चिप्लिएर बाटोबाट करीब ५० मिटर तल मेलम्ची खोला माथिको भिरमा अड्किएका थिए ।

त्यस लगतै जानकारी पाउनसाथ सशस्त्र प्रहरी बल, नेपाल खानेपानी आयोजना मेलम्ची र ईलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको संयुक्त टोलीले उनको उद्धार गरेको हो ।