पछिल्लो २४ घण्टामा ९३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

diyopost.com
दियो पोस्ट  सोमबार, साउन २३, २०७९ | १५:१५:५०

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा  ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार ३ सय ५१ जनाको परीक्षण गर्दा ९ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो।

सो अवधिमा संक्रमणका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।  यस्तै ४ सय ७० जना कोरोना संक्रमणमुक्त हुँदा सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ रहेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित खबर