सशस्त्र प्रहरीद्वारा भन्सार छलीको सामान बरामद

दियो पोस्ट  

कन्चनपुर ।  कञ्चनपुर जिल्लाको दोधाराचाँदनी नगरपालिका ३ जमुनाघारीस्थित सीमा ईलाकाबाट भाद्र ५ गते सशस्त्र प्रहरीले करीब १ लाख ६७ हजार रुपैयाँ बराबरको भन्सार छलीको लत्ताकपडा र प्लाष्टिकको कुर्सी बरामद गरेको छ ।उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बिओपी देवीस्थानले बरामद गरी भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।

यसैगरी पर्सा जिल्लाको बीरगंज महानगरपालिका १४ गण्डक चोकबाट भाद्र ३ गते राति सशस्त्र प्रहरीले करीब ५९ लाख ३४ हजार ७ सय ५८ रुपैयाँ बराबरको प्रज्ञापन पत्र विनाको विभिन्न सामान बरामद गरेको छ ।

बीरगंजबाट पथलैयातर्फ जाँदै गरेको ना ५ ख ७८२० नम्बरको ट्रकमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साले जाँच गर्दा भन्सार छलीको स्टेशनरी सामान, ब्याट्री, औषधी, प्लाई उड, एसिड फेला परेपछि उक्त सामानसहित ट्रक नियन्त्रणमा लिइएको हो ।

बरामद सामान र ट्रक आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।