काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६५८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६४३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४०५ तथा एन्टीजेन विधिबाट २५३ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा थप १ जना सङ्क्रमितको मृत्यु पनि भएको छ ।
हालसम्म नेपालमा ११ हजार ९९३ जनाले कोभिड–१९ बाट ज्यान गुमाइसकेका छन् । त्यस्तै, थप ४५६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २९६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३८ हजार १५ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।