सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी, बगायो दुइटा होटल (भिडियाेसहित)

दियोपोस्ट संवाददाता

सोलुखुम्बु । सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ । दूधकोशीको सहायक खोला (थामे) मा शुक्रबार दिउँसो एक्कासी आएको बढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा–५ मा पर्ने थामे गाउँ नराम्ररी प्रभावित भएको छ ।

स्थानीयका अनुसार केही दिनदेखि वर्षा त भइसकेको थियो, तर यति ठूलो बाढी आउने अवस्था थिएन । त्यसैले माथिल्लो भेगमा रहेको हितताल फुटेको हुनसक्ने स्थानीयको आशंका छ ।
वडाध्यक्ष पासाङ ग्याल्जेन शेर्पाका अनुसार थामे गाउँमा ४५ घरधुरी छन् ।

लेदोसहित आएको भीषण बाढीले दुईवटा होटल बगाएको छ।

भिडियाे हेर्नुहाेस् 

सम्बन्धित खबर

सिफारिस