काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आजबाट सुरु हुँदैछ । बैठक दिउँसो १ बजे सुरु हुन लागेको हो । पार्टी सचिव लीलामणि पोखरेलका अनुसार बैठक चार दिनसम्म चल्नेछ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिबारे ‘ब्रिफिङ’ गर्ने, मध्य पहाडी जागरण अभियानलाई निरन्तरता दिनेबारे छलफल हुने सचिव पोखरेलले जानकारी दिए । बैठकमा नेकपा एकीकृत समाजवादीसँगको पार्टी एकताका विषयमा समेत छलफल गरिने बताइएको छ ।
यस्तै पार्टीभित्र नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको विषयमा उपमहासचिव जनार्दन शर्माले अन्तरसंघर्ष चलाइरहेको अवस्थामा यसबारे समेत बैठकमा छलफल हुने बताइएको छ ।