काठमाडौँ । अन्तर्राष्ट्रिय खुला समर क्याम्प २०२५ मा सहभागी हुन मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जन शुक्रबार जर्मनी प्रस्थान गरेको छ । उनलाई कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले शुक्रबारै बिदाइ गरेका हुन् ।
जर्मनी क्लबका अध्यक्ष हसन हेनले उक्त क्याम्पका लागि मार्सल आर्ट अर्गनाइजेसन नेपाललाई निमन्त्रणा दिएका हुन । नेपाललगायत स्पेन, पोल्यान्ड, स्विडेन र जर्मनी प्रशिक्षार्थीहरुको सहभागिता रहने समर क्याम्पमा मार्सल आर्ट्सका तौर तरिका मात्र नभएर सहभागी देशको संस्कृति समेत एक आपसमा साटिने र यी देशबीच भाईचारा तथा मित्रता बढ्ने कुरा प्रशिक्षक महर्जनले बताए ।
विगतका क्याम्पमा सहभागिता जनाउदै आएका प्रशिक्षक महर्जनले जर्मनीमा नेपालको प्रतिनिधित्व मात्र गरेन्न उनले आफु संग भएको मार्सल आर्टको ज्ञान र नेपालको संस्कृति पनि प्रस्तुत गरे ।
कीर्तिपुर नगरपालिका र जर्मनीको लुबिज नगरपालिकाबीचको सहकार्यमा नेपालबाट राजीव महर्जनले एक साता संचानल हुने क्याम्पमा सहभागिता जनाउन लागेको बताइएको छ ।
आयोजक क्लबका प्रशिक्षक हसन हेनले विभिन्न समयमा नेपालआई प्रशिक्षण समेत दिएका छन् । दुई देशबीचको यो मार्सल आर्टका कला कशौल प्रशिक्षण दिने कार्यले दुवै देशको मार्सल आर्ट्समा विकास हुँदै आईरहेको महर्जनले बताए ।