सुख्खा प्रभावित किसानलाई ‘राहत’को माग गर्दै मधेशी युवाद्वारा काठमाडौँमा प्रदर्शन

दियोपोस्ट संवाददाता

काठमाडौं । मधेशको सुख्खाग्रस्त अवस्थालाई सरकारले घोषणामा मात्रै सिमित राखेको भन्दै मधेशी युवाहरुले संघीय राजधानी काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन् । युवाहरुले मधेश कृषि–जल आन्दोलन संघर्ष समिति गठन गरि शुक्रबार प्रदर्शन गरेका हुन् ।

संघीय तथा प्रदेश सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर डिप बोरिङ गाडेरअल्पकालीन समाधानमा मात्रै लागेको उनीहरुको आरोप छ । युवाहरुले ‘डिप बोरिङ समस्याको समाधान होइन, दिगो समाधानको व्यवस्था गर’ जस्ता नारा लगाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए ।

किसानलाई २४ घण्टा निस्शुल्क बिजुली उपलब्ध गराउनुपर्ने, तराई–मधेशका किसानलाई नगद क्षतिपूर्ति दिनुपर्ने लगायतका माग रागी उनीहरुले प्रदर्शन गरेका हुन् । सुख्खा प्रभावित किसानलाई तत्काल राहतका प्याकेज उपलब्ध गराउनु पर्ने उनीहरुके माग छ ।