मधेशमा वर्षा, किसानलाई हर्ष !

दियोपोस्ट संवाददाता  

काठमाडौं । लामो समयदेखि वर्षा नभएका कारण खडेरीको सामना गर्नु परेको मधेशले केहीदिन यताको वर्षासंगै राहतको अनुभव गरेको छ । शुक्रबार रातिदेखि सामान्य तथा भारी वर्ष भएसंगै किशानहरुले राहत महसुस गरेका हुन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा सिराहमा मापन गरिएको छ । सिराहकै लहान केन्द्रमा ७७.२, गोलबजारको केन्द्रमा ५२.८, मिलिमिटर वर्षा भएको छ । यस्तै, सप्तरी मरमझिया केन्द्रमा ९३, रुपनी बजार केन्द्रमा ८२, कल्यानपुरमा ४९.४, धनुषाको हर्दिनाथमा ४७, तुलसी केन्द्रमा ४७.८, महोत्तरीको गौशालामा ५८, सर्लाहीको परवानीपुरमा ४८.४ मिलिमिटर वर्षा भएको छ ।

विभागका अनुसार गत २४ घण्टामा सबैभन्दा बढी उदयपुरको गाइघाटमा १३२ मिलिमिटर वर्षा मापन भएको । झापाको अनरमणि बिर्तामा १२५, दमक ११२.८ मिलिमिटर वर्षा भएको छ ।

शुक्रबार राति पनि मधेशमा भारी वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति पनि मधेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।

यसअघि मेधशमा लामो समय पानी नपर्दा सरकारले केही जिल्लालाई सुख्खा संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । पिउन् पानीको समेत हाहाकार भएका कारण नेपाल प्रहरी र नेपाली सेनाले ट्याङ्करमार्फत पानी उपलव्ध गराउँदै आएको थियो ।

पानीकै अभावमा रोपाइँ समेत हुन नसकोको मधेशमा शुक्रबारदेखि भएको वर्षाले राहत मिलेको छ ।

सिफारिस