
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ स्थित ऐनापहरामा यात्रुवाहक बस दुर्घटनामा परेको छ । बा २ ख १०७७ नम्बरको यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेर दुर्घटनामा परेको हो ।
नारायणगढबाट गोर्खा जाँदै गरेको मर्स्याङ्दी नदीमा खसेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
बस मर्याङ्दी नदी किनारामा उत्तानो परेको अवस्थामा रहेको र थप यात्रुहरू पनि छन् कि भनेर खोजी जारी रहेको छ । बसमा कति यात्री सवार थिए भने यकिन भइनसकेको डीएसपी थापाले बताए ।
बस दुर्घटना भएको स्थानीयले जानकारी गराएपछि उद्धारका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नम्बर २३ मनकामना गण तनहुँबाट उद्धार टोली परिचालन भएको उनले बताए ।
क्षतिको विवरण प्राप्त भइनसकेको उनले जानकारी दिए ।