सिद्धबाबामा ढुङ्गा खस्दा यातायात ठप्प

दियोपोस्ट संवाददाता  

बुटवल । पाल्पाको सिद्धबाबास्थित तीन स्थानमा पहिरोसहित ढुङ्गा खस्दा सडक अवरुद्ध भएको छ । सोमबार बिहानदेखि परेको लगातारको वर्षाका कारण पहिरो भएपछि सिद्धार्थ राजमार्ग अन्र्तगत बुटबल पाल्पा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पहिरोका कारण पाल्पाबाट बुटवलतर्फ आउने सवारीलाई दोभान र बुटवलबाट पाल्पातर्फ जाने सवारीलाई गोलपार्कमै रोकिएको छ ।

लगातारको वर्षाका कारण पहिरो हटाउन मुस्किल भएको र पानी रोकिएपछि जेसीबी प्रयोग गरेर सडक खुलाइने बताइएको छ ।