सप्तकोशीमा पानीको बहाब यो वर्षकै उच्च

दियोपोस्ट संवाददाता

काठमाडौँ । वर्षाका कारण सप्तकोशी नदीमा पानीको यो वर्षकै उच्च रहेको छ । आज बिहान गरिएको मापन अनुसार कोशी ब्यारेज भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको वहाव रहेको हो ।

सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोशी ब्यरेजका ५६ ढोकामध्ये २३ वटा ढोका खुल्ला गरिएको छ । कोशी ब्यारेजमा एक लाख ५० हजार भन्दामाथि पानीको बहाब भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको उपरीक्षक थापाले जानकारी दिए ।

सोही अनुसार रातो बत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।