कक्षा १२ को परिक्षाफल आज सार्वजनिक हुँदै, परीक्षा बोर्डको बैठक जारी

दियोपोस्ट संवाददाता  

काठमाडौँ । गत वैशाखमा देशभर सञ्चालित कक्षा १२ को नतिजा सार्वजनिक गर्नका लागि सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डमा बैठक सुरु भएको छ । केहीबेरमा नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताइएको छ ।

देशभरबाट ५ लाख ११ हजार परीक्षार्थी सहभागी भएको परीक्षको नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

नियमिततर्फ ३ लाख ९५ हजार र आंशिक १ लाख १५ हजार परीक्षार्थी छन् । ५ हजार २ सय २ विद्यालयका विद्यार्थीलाई कक्षा १२ को परीक्षा दिन १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको थियो । जसमध्ये जापानस्थित एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थी पनि परीक्षामा सहभागी थिए ।

७७ जिल्लामध्ये थोरै मनाङबाट ४५ जना र काठमाडौंबाट ६८ हजारले परीक्षा दिएका थिए । मनाङ रमुस्ताङमा १ १ वटा र काठमाडौंमा सबैभन्दा धेरै १ सय ६२ वटा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

नेपाल शिक्षक महासंघको शैक्षिक हडतालसहितको काठमाडौं केन्द्रित सडक आन्दोलनले वैशाख ११ गतेदेखि तोकिएको परीक्षा १० दिन पछाडि सरेको थियो ।

 

सिफारिस