उच्च अदालत पाटनको आदेशपछि दुर्गा प्रसाई कारागारबाट रिहा

दियोपोस्ट संवाददाता

काठमाडौं । तीनकुने घटनामा दोषी ठहर भई कारागार चलान भएका मेडिकल ब्यवशायी दुर्गा प्रसाई कारागारबाट रिहा भएका छन् । उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दिएसँगै प्रसाईं सोमबार साँझ कारागारबाट रिहा भएका हुन् ।

उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो । प्रसाईंलाई बैंकिङ कसुरमा २५ लाख र राजावादी प्रदर्शनमा ३ लाख गरी २८ लाख धरौटी माग गर्दै रिहा गर्न आदेश गरेको थियो ।

प्रसाई क्यान्सर रोगबाट पीडित रहेको विषयलाई मध्यनजर गर्दै अदालतले धरौटीमा छाड्ने आदेश दिएको बताइएको छ ।गत १५ चैतमा भएको राजावादी आन्दोलनमा हिंसात्मक प्रदर्शनसँग जोडिएको मुद्दामा उनी कागारमा रहँदै आएका थिए ।