पलेशा र विजय ‘हाम्रो खेलकुद वर्ष’का उत्कृष्ट खेलाडी घोषित

दियोपोस्ट संवाददाता  

काठमाडौं । पलेशा गोवर्धन श्रेष्ठ र विजय सिन्जालीले ‘हाम्रो खेलकुद वर्ष’को उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । ‘हाम्रो खेलकुद’को दशौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रममा पलेशा र विजय उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

स्थापनाको दश वर्ष पूरा भएको अवसरमा ‘हाम्रो खेलकुद वर्ष’ खेलाडी अवार्ड तथा हाम्रो खेलकुद कन्क्लेभ आयोजना गरेको थियो । कन्क्लेभमा पहिलो सेसनमा ‘नेपाली खेलकुदमा महिला सहभागिता ‘लगानी, अवसर र सफलता’ शीर्षकमा हाम्रो खेलकुदकी वरिष्ठ संवाददाता सरिता श्रेष्ठले सेसन मोडरेट गरेकी थिइन् ।

उक्त सेसनमा तेक्वान्दोकी आयशा शाक्य, राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’, राष्ट्रिय भलिबल टोलीकी लिबेरो सलिना श्रेष्ठ र करातेकी पदकधारी खेलाडी एरिका गुरुङले आ(आफ्नो धारणा राखेका थिए ।

दोस्रो सेसन हाम्रो खेलकुदको सम्पादक प्रकाश तिमल्सिनाले ‘नेपाली खेलकुदमा यवुा नेतृत्वको आवश्यकता, सम्भाव्यता र चुनौती’ शीर्षकमा मोडरेट गरे ।

उक्त सेसनमा पूर्व युवा तथा खेलकुद मन्त्री माननीय विराजभक्त श्रेष्ठ, नेपाल क्रिकेट संघ ९क्यान० का सचिव पारस खड्का, नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामा र एफसी चितवनका अध्यक्ष सचिन ढकालले आ(आफ्नो अभिव्यक्ति दिए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सूर्य थपलियाले नेपालमा खेलकुद पर्यटनको सम्भावना र अबको बाटो बारेमा प्रस्तुति दिएका थिए । प्रमुख अतिथि तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले हाम्रो खेलकुदले नेपाली खेलकुदमा गरेको योगदानको चर्चा गर्दै आगामी यात्राका लागि शुभकामना पनि दिए । हाम्रो खेलकुद संचालन गर्दै आएको सुदिप मिडिया एण्ड इभेन्ट्स प्रालिका अध्यक्ष सुबास हुमागाईंले स्वागत मन्तव्य पनि दिएका थिए ।

पुरुषतर्फको अवार्ड विजय सिन्जालीलाई कार्यक्रमका पूर्व युवा तथा खेलकुद मन्त्री माननीय विराजभक्त श्रेष्ठले अवार्ड वितरण गरे । उनले २५ हजार रुपैयाँ पनि प्राप्त गरिन् ।

पेरिस पारालिम्पिकमा कास्य पदक विजेता पारा तेक्वान्दोकी पलेशा गोवर्धनलाई प्रमुख अतिथि तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले प्रदान गरे । तेस्रो थाउलो विश्वकपमा कास्य पदक विजेता उनले २५ हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई पनि विशेष सम्मान गरिएको थियो ।