दुर्गा प्रसाईंलाई छाड्ने आदेशविरुद्ध ‘महान्यायाधिवक्ता’ कार्यालय सर्वोच्च जाने तयारी

दियोपोस्ट संवाददाता

काठमाडौं । तीनकुने घटनामा दोषी ठहर भई कारागार चलान भएका मेडिकल ब्यवशायी दुर्गा प्रसाईलाई उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दिए पछि महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ । प्रसाईंलाई धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको हो ।

उच्च अदालतको आदेश प्रचलित कानून र न्यायको सिद्धान्त विपरीत भएकाले आदेश बदरको माग गरेर आफूहरु सर्वोच्च अदालत जान लागेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता उद्धव पुडासैनीले जानकारी दिए ।

गत १५ चैतमा भएको राजावादी आन्दोलनमा हिंसात्मक प्रदर्शनसँग जोडिएको मुद्दा र बैंकिङ कसुरमा कारकागमा रहेका उनलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको थियो ।

अदालतले तोकेको धरौटीको रकम बुझाएर उनी सोमबार डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।