
काठमाडौँ । इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । नेपाली कांग्रेस बागमती संसदीय दलका नेतासमेत रहेका बानियाँलार्ई मंगलबार बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।
बानियाँले कांग्रेसको ३७ र नेकपा एमालेको २७ सांसदको समर्थन सहित मुख्यमन्त्रीको लागि दाबी पेस गरेका थिए ।
बागमतीका तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि रिक्त पदमा बानियाँ मुख्यमन्त्री पदमा नियुक्त भएका हुन् ।
नवनियुक्त मुख्यमन्त्री बानियाँको शपथ ग्रहण कार्यक्रम आजै अपराह्न ४ बजेका लागि तोकिएको छ। शपथ पछि अन्य विभागीय मन्त्रीहरू नियुक्त गर्ने प्रक्रिया थालिने बताइएको छ।