
काठमाडौँ । भारतको उत्तराखण्ड अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा अबिरल वर्षापछि आएको भीषण बाढीले खीर गंगा नामक बस्ती नै बगाएको छ । बढीमा परि ४ जनाको मृत्यु भएको छ भने अन्य ५० जना बेपत्ता भएका छन् ।
उत्तरकाशीका डीएम प्रशान्त आर्यका अनुसार लेदोसहितको भीषण बाढीले भौतिक संरचनाहरूमा समेत क्षति गरेको छ ।
भारतीय संचारमाध्यमका अनुसार मंगलबार दिउँसो १ः४५ बजे एक्कासी बाढी आएको थियो ।
उत्तरकाशीका प्रमुख जिल्ला अधिकारी प्रशान्त आर्याले अहिलेसम्म ४ जनाको मृत्युको खबर आएको र ५० भन्दा बढी हराइरहेको दैनिक स्थानीय संचारमाध्यमलाई बताएका छन्।
बाढीमा धेरै मानिसहरू बगेको आशंका गरिएको उनले बताए । धराली गाउँ देहरादूनबाट २१८ किलोमिटर र गंगोत्री धामबाट १० किलोमिटर टाढा पर्छ। उद्धार टोली सँगै सेना पनि घटनास्थलमा पुगेको छ।
बाढीका कारण धराली बजार पूर्ण रूपमा ध्वस्त भएको छ। धेरै होटल र पसलहरू भत्किएका छन् । त्यहाँ पछिल्लो २ दिनदेखि भारी वर्षा भइरहेको छ।
