मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

दियोपोस्ट संवाददाता  

झापाको गौरादहमा खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरादह नगरपालिका–४ स्थित जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको गए राति मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा चन्द्रमायालाई करेन्ट लागेर लडिरहेको अवस्थामा चन्द्रमायाका छोरा २५ वर्षीय सुशीलले देखेपछि शव घरमा ल्याएका थिए ।

घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ ।

रासस