नयाँ ग्यालेक्सी स्मार्टफोनसँग आकर्षक मल्टी-बाइ अफर, ग्यालेक्सी ‘बड्स’ र ‘वाच’मा ३२ प्रतिशतसम्म छुट

दियोपोस्ट संवाददाता

काठमाडौँ । सामसङ नेपालले आफ्नो ग्राहकहरूका लागि नयाँ ग्यालेक्सी स्मार्टफोन खरिद गर्दा लागू हुने विशेष अफर सार्वजनिक गरेको छ। सीमित अवधिको लागि उपलब्ध यो अफर अन्तर्गत, ग्राहकहरूले चुनित ‘ग्यालेक्सी वाच ८’ सिरिज र ‘बड्स ३ लाइनअप’ जस्ता ग्यालेक्सी वेरेबलहरु खरिद गर्दा विशेष छुट पाउनेछन्।

सामसङको नयाँ फ्ल्यागशिप, ए-सिरिज वा एम-सिरिजका स्मार्टफोनहरू खरिद गर्दा, चुनित ग्यालेक्सी वाच र बड्समा विशेष ३२५ सम्मको छुट प्राप्त गर्न सकिने बताइएको छ। यो मल्टी-बाइ अफरले ग्राहकलाई आफ्नो प्रिमियम ग्यालेक्सी इकोसिस्टम निर्माण गर्ने अवसर दिने बिश्वास ब्यक्त गरिएको छ ।

स्वास्थ्य निगरानी, सहज कनेक्टिविटी, वा उत्कृष्ट अडियो अनुभव खोज्ने ग्राहकले ग्यालेक्सी वाच र बड्सहरूमा समावेश एआई फिचरहरूद्वारा आफ्नो स्मार्टफोनलाई थप उपयोगी बनाउन सहयोगी बन्न सक्छ । फिटनेस, संगीत, कार्यक्षमता जस्ता कुरामा यी आदर्श पार्टनर बन्न सक्नेछन् ।

यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध भएको र नेपालभरका अधिकांश सामसङ अधिकृत स्टोरहरूबाट ये सुबिधा प्राप्त गर्न सकिने बताइएको छ ।

साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले ०५ ब्याजदरमा सहज इएमआई योजनाबाट नयाँ डिभाइसहरू प्राप्त गर्न सक्नेछन्।

यसका लागि प्रक्रिया निकै सरल भएको र ग्राहकको नागरिकता प्रमाणपत्र भए पुग्ने बताइएको छ ।