एमसीसीविरुद्ध नेकपाले साउन ३० गते देशभर ‘जनप्रदर्शन’ गर्ने

दियोपोस्ट संवाददाता

काठमाडौं । एमसीसी परियोजनाविरुद्ध नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले साउन ३० गते देशभर जनप्रदर्शन गर्ने भएको छ। केही महिना अगाडि स्थगित गरिएको एमसीसी परियोजना नेपालमा पुनः सुचारु गर्ने निर्णय गरेकोको भन्दै नेकपाले देशब्यवापी प्रर्शदन गर्ने भएको हो ।

नेकपाले एक विज्ञप्ती जारी गर्दै एमसीसी विरुद्ध नेकपासँगै स्वाभिमानी नेपाली जनता आन्दोलनरत भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कुनै परिमार्जन जबरजस्ती पुनः एमसीसी लाद्नु घातक छ । एमसीसी विरुद्धको न्यायोचित देशभक्तिपूर्ण जनसङ्घर्ष अघि बढाउन र सफल पार्न सम्पूर्ण देशभक्त, वामपन्थी, कम्युनिस्ट, समाजवादी र गणतन्त्रवादी शक्तिलाई हार्दिक अनुरोध गर्दछौँ ।’

एमसीसी नहटाएसम्म संघर्ष जारी रहने विज्ञप्तिमा उल्लेख छ ।