रास्वपाद्वारा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाको राजीनामा माग

दियोपोस्ट संवाददाता  

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कुलिङ अफ पिरियडको व्यवस्था माथि भएको चलखेलमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा जिम्मेवार रहेको भन्दै उनको राजिनामा माग गरेको छ । रास्वपाले संसदीय समितिको प्रतिवेदन अनुसार समिति सभापति खतिवडाले राजीनामा दिनुपर्ने माग गरेको हो ।

रास्वपाका प्रवक्ता मनिष झाले पार्टीको सचिवालय बैठकले खतिवडाको राजिनामा माग बारे निर्णय गरेको जानकारी दिए । उनले खतिवडा पदमा बसिराख्न नैतिकता गुमाएकाले राजीनामा दिनुपर्ने बताए ।

कुलिङ अफ पिरियडको व्यवस्था माथि भएको चलखेलमा संसदीय समितिको प्रतिवेदन अनुसार समिति सभापति खतिवडाले राजीनामा दिनुपर्ने उनको भनाइ छ ।

समितिको प्रतिवेदन अनुसार समितिका सभापति दोषी भएको रास्वपाको ठहर छ । समितिको सभापति पदबाट राजीनामा दिई खतिवडाले नैतिकता देखाउनुपर्ने उनले बताए । गलत काम गरेर नालायकी देखाएर पदमा बस्न नहुने उनको तर्क छ ।

कांग्रेस सहमहामन्त्री जीवन परियारको संयोजकत्वमा बनेको कुलिङ अफ पिरियडमा भएको गडबढी छानबिन समितिले मंगलबार कुलिङ अफ पिरियड समिति सभापति खतिवडा समेत जिम्मेवार रहेको प्रतिवेदन संसदमा पेश गरेको छ ।

सिफारिस