काठमाडौं । सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ११ करोड रुपैयाँ ठगी गरेको आरोप लागेका श्रीवास्तव काठमाडौं महानगरीय प्रहरी परिसर पुगेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
श्रीवास्तवले सेयर कारोबार बापत भुक्तानी दिनुपर्ने ११ करोड रुपैयाँ नदिएको भन्दै ठगी आरोपको उजुरी परेको थियो ।
अग्रवालले १५ जनाबीच सेयर खरिद–बिक्री गरेर मूल्य बढाउने र समाजिक सञ्जाल मार्फत सर्वसाधारणलाई किन्न लगाउने गर्दै आएको आरोप छ ।
प्रहरीका अनुसार उक्त ब्रोकर कम्पनीले उजुरीकर्ता दुईको कुल ११ करोड ५५ लाख रुपैयाँ सेयर कारोबार बापत फिर्ता नगरेको भन्दै ठगीको आरोप लगाइएको थियो । उजुरी परेपछि कार्यलय पुगेका श्रीवास्तव उपर प्रहरीले आवश्यक अनुसन्धान गर्ने जनाएको छ ।
प्रहरीका अनुसार अनुसन्धानका लागि कानुनी प्रक्रिया अगाडि बढेको छ । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्ने बताइएको छ ।