काठमाडौँ । अग्नि ग्रुप अन्तर्गतको कम्पनि ‘अग्नि मोटोइन्क प्रा.लि’ले ‘नाइमा मोबिलिटी एक्सपो’ २०२५ मा नयाँ विद्युतीय स्कुटर ब्रान्ड ‘बिगस (बिजि) इलेक्ट्रिक स्कूटरहरू नेपाली बजारमा सार्वजनिक गरेको छ । श्रावण २१ गतेदेखि भृकुटीमण्डपमा आयोजना गरिएको ‘नाइमा नेपाल मोबिलिटी एक्सपो’मा प्रोडक्ट लन्च इभेन्टमार्फत स्कूटरहरू सार्वजनिक गरिएको हो ।
कार्यक्रममा अग्नि ग्रुपका अध्यक्ष श्री क्याबिनेट श्रेष्ठ, डान्सल, मोडल तथा इन्फ्लुएन्सर कविता नेपाली, अग्नि समूहका वरिष्ठ अधिकारीहरू, सञ्चारकर्मीहरू र ग्राहकहरूको उपस्थिति रहेको थियो ।
अग्नि ग्रुपले बिगस(बिजि) का दुई मोडेलहरू- बिजि आरयुभि ३५० र बिजि सि१२ (BG RUV 350 र BG C12) नेपाली बजारमा सार्वजनिक गर्दै, सहरी तथा दैनिक यात्राका लागि उच्च पर्फमेन्स दिने, सुरक्षात्मक विशेषताहरू र प्रविधिले भरिएको विद्युतीय स्कूटरहरूको नयाँ विकल्प प्रस्तुत गरेको छ ।
बिजि आरयुभी दुई भेरियन्टमा आरयुभि ३५० आइ.इ.एक्स जसको मूल्य २ लाख ७९ हजार ४ सय रुपैयाँ रहेको छ । त्यस्तै आरयुभि म्याक्स जसको मूल्य ३ लाख २५ हजार ३ सय रुपैयाँ रहेको छ ।
साथै बिजि सि १२ पनि दुई भेरियन्टमा उपलब्ध छन् । सि १२ आइ-इ-एक्स, जसको मूल्य २ लाख २८ हजार ४ सय रुपैयाँ रहेको छ भने सि १२ म्याक्स ३.० जसको मूल्य नेपाली रुपैयाँ ३ लाख ४ हजार ९ सय रहेको छ ।
BG RUV 350 इलेक्ट्रिक स्कुटरहरूको ‘बिग ब्रदर’ सहरका लागि उपयुक्त र भरपर्दो विद्युतीय सवारीको रूपमा ल्याइएको द्यन् च्ग्ख् घछण् ले राइडर युटिलिटि भेहिकल (Rider Utility Vehicle) को रूपमा स्कूटर र बाइक दुवैको विशेषताहरूलाई समायोजन गरेको छ ।
१६ इन्चको ठूलो एलोय ह्विल्स, १६० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, ट्युब्युलर चेसिस फ्रेम र फुल मेटल बडीसहितको यो स्कुटर मजबूती र स्टाइल दुवैमा अगाडि छ ।
१६५ न्युटनमिटरको पिक टर्क, ७५ किलोमिटर प्रति घण्टा टप स्पीड, र १८ डिग्री ग्रेडेबिलिटी प्रदान गर्ने पिएमएसएम (PMSM) इन-व्हील हाइपरड्राइभ मोटरको साथसाथै, क्रुज कन्ट्रोल, हिल होल्ड, विभिन्न राइडिङ मोड्स, आइपि६७ (IP67) रेटेड मोटर र ब्याट्रीजस्ता प्रविधिले यसलाई सुरक्षित र स्मार्ट बनाएको छ ।
BG C12: परिवारको लागि उत्कृष्ट स्मार्ट इलेक्ट्रिक स्कुटर
सहजता, सुरक्षा र स्टाइलको तालमेल प्रस्तुत गर्ने BG C12 ले दैनिक यात्रालाई आरामदायी बनाउने उद्देश्य राखेको छ ।
यसमा फराकिलो लेगरुम र सिट, साथै २३ लिटरको अन्डर-सिट स्टोरेज, ने १२.७ सेमी टिएफटि स्मार्ट डिस्प्ले, युएसबी चार्जिङ, राइडिङ मोड्स-इको, राइड, स्पोर्ट र रिभर्स मोड स्विचजस्ता स्मार्ट सुविधाहरू उपलब्ध छन् । यसमा रहेको एयर-कुल्ड ब्याट्री म्यानेजमेन्ट सिस्टम, आइपि ६७ (IP67) रेटेड लिथियम आयन ब्याट्री सेल, र ३ वर्षको ब्याट्री वारेन्टीले थप सुरक्षा र विश्वास सुनिश्चित गर्छ ।
विगत तीन दशक देखि अग्नि ग्रुपले नेपाली बजारमा गुणस्तरीय, नवप्रवर्तनशील र प्रविधिमैत्री सवारी साधनहरू ल्याउने प्रतिबद्धतालाई निरन्तरता दिएको छ ।
अग्नि मोटोइन्क, सम्पूर्ण ग्राहकहरूलाई नाइमा मोबिलिटी एक्सपो २०२५ को Hall D, Stall No. D6 मा अवस्थित बिगसको स्टलमा भ्रमण गरी नयाँ स्कूटरहरू प्रत्यक्ष अनुभव गर्न आह्वान गरेको छ । साथै, ग्राहकहरूले उत्तरढोका स्थित बिगसको आधिकारिक सोरूममा गई स्कूटरहरू अनुभव गर्न सक्न समेत बताइएको छ ।
बिगसको बारेमा
बिगस एक आधुनिक विद्युतीय सवारी ब्रान्ड हो जसले स्मार्ट, सुरक्षित र इनोभेटिभ मोबिलिटि सोलुसनमार्फत दैनिक यात्रालाई अझ सहज बनाउने लक्ष्य लिएको छ । भारतको पुणेमा रहेको उत्पादन केन्द्रबाट वार्षिक एक लाख युनिट उत्पादन गर्न सक्ने क्षमताका भएको बिगसले अत्याधुनिक प्रविधिका सहज, स्टाइलिस र आरामदायी स्कूटरहरू उत्पादन गर्दै आएको छ ।
ग्राहक-केन्द्रित दृष्टिकोण कायम राख्दै लेक्ट्रिक मोबिलिटिको क्षेत्रमा ग्राहकहरूको पहिलो रोजाई बन्ने बिगसको लक्ष्य रहेको छ । कम्पनिको इलेक्ट्रिक स्कुटरहरू BG C12 र भारतकै पहिलो आर RUV 350 फ्युचरिस्टिक डिजाइन, पर्फमेन्स र व्यावहारिकताको उत्कृष्ट संयोजन हुन् ।
